दफा ३८
स्वेच्छिक आर्थिक सहयोग लिन सक्ने
(१) दललाई नेपाली नागरिक वा सङ्गठित संस्थाले स्वेच्छाले आर्थिक सहयोग गर्न सक्नेछ ।
(२) दलले देहायका सरकारी कार्यालय, संस्था वा व्यक्तिबाट आर्थिक सहयोग लिनु हुँदैनः–
(क) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय,
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था,
(ग) सर्वसाधारणको शेयर रहेको पब्लिक लिमिटेड कम्पनी,
(घ) कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था,
(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था,
(च) विदेशी सरकार, संस्था वा व्यक्ति,
(छ) नाम नखुलेको व्यक्ति वा संस्था,
(ज) आयोगले तोकेको अन्य संस्था ।
(३) यस दफा बमोजिम दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंकिङ चेक वा बैंकिङ ट्रान्सफर मार्फत मात्र गर्नु पर्नेछ ।
(४) दलले यस दफा बमोजिम प्राप्त गरेको सबै आर्थिक सहयोग प्राप्त गर्दा त्यसको रसिद दिनु पर्नेछ ।
(५) यस दफा बमोजिम आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने शर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्नु हुँदैन ।
(६) दलले तोकिए बमोजिमको रकम भन्दा बढी सहयोग लिँदा त्यसको स्रोत खुलाउन लगाएर मात्र लिनु पर्नेछ ।
(७) आर्थिक सहयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।